८ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार सूचना प्रविधि

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

एजेन्सी । चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ ।

सेल्फ–सर्भिस किओस्क र ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू अपनाइएका कारण पूर्वी चीनको झेजियाङ प्रान्तबाट यात्रा गर्न उल्लेखनीय रूपमा सरल भएको छ ।

हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलको सीमा निरीक्षण क्षेत्रमा, मानवरूपी रोबोटहरू टर्मिनलमा घुम्ने गरेका छन् ।

‘हामी रोबोटहरूको क्षमतालाई निरन्तर स्तरोन्नति गर्नेछौं । ताकि तिनीहरूले विभिन्न जटिल निरीक्षणहरू ह्यान्डल गर्न सकून् र आपतकालीन अवस्थामा सहजीकरण गर्न सकुन,’ हाङझाउ सीमा निरीक्षणका अफिसर वु लियाङले भने ।

जनवरीमा, विशेष सेल्फ सर्भ किओस्कहरू सुरु गरिएको थियो । जसले यात्रुहरूलाई क्यूआर कोड स्क्यान गरेर आवश्यक कागजातहरू भर्न अनुमति दिन्छ । जसलाई विदेशी प्रवेश कार्ड भनिन्छ। सात भाषाहरूलाई समर्थन गर्ने यस्तो प्रविधि हालसम्म ८६,००० भन्दा बढी यात्रुहरूले प्रयोग गरिसकेका छन्।

‘२०२५ को पहिलो छ महिनामा, हामीले २५ लाख ५० हजार भन्दा बढी सीमा पार गरायौं । जुन वार्षिक रूपमा १२.३ प्रतिशतले वृद्धि हो,’प्रहरी अधिकारी लिउ जियानीले भने ।

चीनको भिसामुक्त यात्रा कार्यक्रमका कारण वर्षको पहिलो दुई त्रैमासिकमा चीनको आन्तरिक विदेशी पर्यटन स्थिर देखिएको छ । (सीसीटीभप्लस)

 

 

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक