८ माघ २०८२, बिहीबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, २९ घाइते

काठमाडौं । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो ।

उक्त भूकम्पका कारण कम्तीमा १६ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने २९ जना घाइते भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।

राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक वक्तव्य जारी गर्दै भूकम्पबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले सबै उद्धार तथा राहत कार्यहरूमा सरकारले नजिकबाट निगरानी गरिरहेको उल्लेख गरेका छन् ।

गृहमन्त्री अली येरलिकायाका अनुसार हाल राहत तथा उद्धार कार्यहरू पूरा भइसकेका छन् र थप गम्भीर क्षति वा अन्य मानविय क्षतिको जानकारी नभएको पुष्टि गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि