१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेश सभाको नयाँ भवन २७ साउनबाट सञ्चालनमा आउँदै

हेटौंडा  । बागमती प्रदेश सभाको बहुप्रतिक्षित भवन यही २७ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार २७ साउनमा बस्ने प्रदेश सभाको बैठक पहिलोपटक नयाँ भवनमा आयोजना हुनेछ । सो दिन बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

सचिव पौडेलले बताए अनुसार सभा हलको भित्री सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने माइक र जेनेरेटर जडानको अन्तिम तयारी भइरहेको छ । ‘माइक र जेनेरेटरको काम सोमबारसम्म सकिन्छ । त्यसपछि २७ गतेको बैठक नयाँ भवनबाटै सञ्चालन हुनेछ,’ पौडेलले भने।

यो भवनको शिलान्यास १० मंसिर २०७७ मा भएको थियो । झन्डै साढे चार वर्षको प्रतीक्षापछि निर्माण सम्पन्न भएको यो अस्थायी भवन सञ्चालनमा आएसँगै प्रदेश सभाको बैठक र कार्यसञ्चालन थप सहज हुने सचिवालयको विश्वास छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि