१३ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

गाईजात्राले भेदभावलाई ओझेलमा पार्दै एउटै उत्सवको घेरामा ल्याउछ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउने बताएका छन् ।

आइतबार गाईजात्रा पर्वको शुभकामना दिँदै उनले हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि भएको बताए ।

उनले भने,‘सामाजिक सद्भाव यसको अर्को महत्त्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ । हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।’

उनले यस्ता सांस्कृतिक अभिव्यक्तिहरूले शोकग्रस्त परिवारलाई सान्त्वना दिनेमात्र नभई हाम्रो समाजमा स्वतन्त्र सोच र सांस्कृतिक सृजनशीलताको महत्त्वलाई पनि उजागर गरेको पनि बताए ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि