५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

क्यानडामा मनाइयो जनै पूर्णिमा

अटवा । यो वर्षको जनै पूर्णिमा अटवामा उत्साहपूर्वक मनाइएको छ। अटवा, कर्नवाल,  किङ्स्टन लगायतका स्थलहरुबाट आएका झन्डै ३५० जना सहभागीहरूले टोरन्टोमा बसोबास गर्नु हुने  शास्त्री धर्मदास बुढाथोकीको मार्गदर्शनमा पशुपतिनाथ आरती गाएका थिए ।

मुख्य पण्डितहरू शास्त्री धर्मदास बुढाथोकी, देवनारायण अधिकारी, र पत्रकार शालिग्राम अर्यालद्वारा रुद्री पूजा,  जनै फेर्ने  र रक्षाबन्धन कार्यक्रम सम्पन्न गरिएको थियो । स्वयंसेवकहरू मुख्यतः अटवाको फिन्डले  क्रिक नेपाली समुदायका सदस्यहरू थिए।

मोरिसवर्ग बीचमा आयोजित कार्यक्रमका मुख्य संयोजक डिल्लीराम शर्मा पौडेल र ईशा भट्टराई थिए ।

अटवामा पाँचौं पटक आयोजित जनै पूर्णिमा समारोह अत्यन्त व्यवस्थित र सफल रहेको कार्यक्रमका आयोजक डिल्लीराम  शर्मा पौडेलले बताए । ‘प्रवासमा बसेर पनि आफ्नो धर्म, संस्कृतिको पालना र अभ्यास गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ।  यसबाट खास गरी युवाहरु निकै उत्साहित भएको हामीले पायौं’ पौडेलले भने।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि