२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

रास्वपा बैठक : रविका पक्षमा ३२ लाख हस्ताक्षर, ६२ लाख बढी रकम संकलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्रीय समितिमा ल्याइएको हो ।

यस्तै, पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा श्याम बाबु गौतम, काठमाडौँलाई मनोनयन गर्ने र केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा नवलपुरलाई मनोनयन गर्ने निर्णय भएको छ । यसरी नै श्रम तथा उपभोक्ता हित विभागको उपप्रमुखमा ललित श्रेष्ठ, नवलपुरलाई मनोनयन गरेको छ ।

साथै, बैठकमा पार्टी सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान अन्तर्गत श्रावण २३ गतेसम्म ३२,०६,६०८ (बत्तीस लाख छ हजार छ सय आठ) र सहयोग रकम रू  ६२,१६,६६९ (बैसठ्ठी लाख सोह्र हजार छ सय उन्हत्तर) पनि संकलन भएको जानकारी पनि दिएका छन् ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि