१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् ।

उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो ।

मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कदम उठाइएको हो । उनले भने, ‘डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सजिलो रूपमा भुक्तानी गर्ने कार्य सुरु गरेका छौं । चाँडै सबै प्रादेशिक अस्पतालमा यो प्रणाली लागू गरिनेछ ।’

उनका अनुसार यसले नागरिकलाई सरल र सहज तरिकाले सेवा प्रदान गर्न मद्दत गर्नेछ भने सुशासन र पारदर्शिता कायम रहनेछ ।

स्वास्थ्य मन्त्रालयले आगामी चैरणमा अन्य स्वास्थ्य संस्थामा पनि यो प्रणाली विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि