५ फाल्गुन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

ब्राजिलियन गाईको मासुमा कडाइ गर्दा अमेरिकालाई नै हानी हुनसक्ने

एजेन्सी । ब्राजिलियन गाईको मासुमा उच्च भन्सार दर कायम गर्दा अमेरिकालाई नै हानी हुने उद्योगीहरुले दाबी गरेका छन् ।

ब्राजिलका पशुधन उद्योगका एक जानकारका अनुसार आयातित ब्राजिलियन गाईको मासुमा उच्च भन्सार लगाएर अमेरिकाले ब्राजिलभन्दा बढी नोक्सान बेहोर्नेछ । किनकि अमेरिकी उपभोक्ताहरूले पनि गाईको मासुसँग सम्बन्धित उत्पादनहरूको मूल्यमा उल्लेखनीय वृद्धिको सामना गर्नुपर्ने छ ।

अमेरिकी नीति अनुसार, गाईको मासु, कफी र काठका फर्निचरलगायत अमेरिकामा निर्यात हुने २००० भन्दा बढी प्रकारका ब्राजिलियन उत्पादनहरूमा भन्सार ५० प्रतिशत पु¥याइएको छ।

अमेरिका ब्राजिलियन गाईको मासुको लागि दोस्रो ठूलो निर्यात बजार हो जुन ब्राजिलको कुल गाईको मासु निर्यातको लगभग १२ प्रतिशत हो।

ब्राजिलियन राष्ट्रिय पशुधन संघका अध्यक्ष मौरिसियो भेलोसोले भन्सार शुल्कका कारण हजारौं अमेरिकी कम्पनीहरूलाई ब्राजिलियन गाईको मासुको आयात निलम्बन गर्न बाध्य पारेको छ ।

जसले अमेरिकी उपभोक्ताहरू प्रत्यक्ष प्रभावित बनेका छन् । ब्राजिलियन गाईको मासु अमेरिकी अर्थतन्त्र र मानिसहरूको दैनिक आहारका लागि महत्वपूर्ण मानिन्छ । (सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि