२९ माघ २०८२, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार

राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ हुँदै

काठमाडौं । राष्ट्रिय विद्यालय खेलकुद महासंघ, नेपालया इन्टरनेसनल इभेन्ट्स प्रा.लि. र प्याब्सनको संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय खेलकुद तथा शैक्षिक हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा ७ प्रदेश र काठमाडौं उपत्यकाको १ गरी ८ टिमले मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा हुने ग्रान्ड फिनालेमा सहभागी हुने प्याब्सनका महासचिव आरबी कटुवालले जानकारी गराए ।

सबै विद्यालयलाई खुला गरिएको प्रतियोगिताको ग्रान्ड फिनालेअघि ७७ जिल्ला र ७ प्रदेशमा छनोट प्रतियोगिता हुने महासंघका महासचिव राजकुमार कार्कीले जानकारी दिए । जिल्ला छनोट भदौ २० गते तथा प्रदेश छनोट कात्तिक १६ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगिता सञ्चालन विधि, नियम, प्रश्न, प्राविधिकलगायतका कार्य आईएसएफ एकेडेमी, नेपालले गर्ने छ ।

‘शिक्षा, खेलकुद, सहभागिता र सिर्जनशीलतामा अब इतिहास बनाउने यात्रा’ नारासहित हुन लागेको प्रतियोगिताअन्तर्गत पुरुष÷महिला विजेताले स्कुटर, उपविजेताले ल्यापटप र तेश्रो हुनेले मोबाइल फोनसहित गिफ्ट ह्याम्पर पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न प्रोडक्सन खर्च बाहेक १ करोड २४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

संघीय सांसद समेत रहेका महासंघका वरिष्ठ उपाध्यक्ष माधव सापकोटाले प्रतियोगिताले राष्ट्रिय सम्पत्तिका रुपमा रहेका विद्यार्थीको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने बताए ।

महासंघका अध्यक्ष विनोद श्रेष्ठले महासंघको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । महासचिव कार्कीले विद्यार्थीमा खेलकुद बारे अझ रुची बढाउन कार्यक्रम फलदायी हुने बताए ।

भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल समेत रहेका प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले महासंघले प्याब्सनसंग सहकार्य गरी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।

नेपालयाका अध्यक्ष सुवास प्रधानले यो प्रतियोगिता इभेन्ट मात्र नभइ विद्यार्थीको महोत्सव पनि भएको बताए ।

पत्रकार सम्मेलनमा महासंघ र नेपालयाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रतियोगिताको लोगो अंकित टिसर्ट पनि सार्वजनिक गरिएको थियो ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected