१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार

‘नागरिकताको मुद्दालाई सर्वोच्चले उच्च प्राथमिकतामा राखेको छ’

काठमाडौं । सर्वोच्च अदालत रजिस्ट्रार भद्रकाली पोखरेलले नागरिकता सम्बन्धी मुद्दालाई अदालतले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनको अवस्था चुनौतीहरु विषययक छलफल कार्यक्रममा बोल्दै उनले आवश्यकता अनुसार सम्बन्धित विषय विकसित हुँदै आइरहेको भएतापनि नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनमा केही जटिलताहरु सृजना भइरहेको बताए ।

उनले भने,‘आवश्यकता अनुसार विषय वा मुद्दाहरु विकसित हुँदै आइरहेको छ । त्यति हुँदा हुँदै पनि नागरिकता सम्बन्धी मुद्दाहरुको फैसला कार्यान्वयनमा केही जटिलताहरु सृजना हुन्छन् । त्यसैले यसप्रति हामी सजक हुन आवश्यक छ । अदालतको भूमिकाको कुरा गर्दा अदालतले नागरिकता सम्बन्धी मुद्दालाई उच्च प्राथमिकतामा राखेको छ ।’

त्यस्तै उनले नागरिकता सम्बन्धी मुद्दाको व्यवस्थापनको लागि डेडिकेटेट बेन्चको समेत व्यवस्था गरेको उनले जानकारी दिए ।

‘तल्लो अदालतदेखि चरणवद्ध तरिकाले पालिकादेखि आउँदै गर्दा लामो समय लाग्ने परिस्थिति छ । तर अदालतमा पछिल्लो समय नागरिकता सम्बन्धी मुद्दाको लागि डेडिकेटेट बेन्च राखेको छौं । अदालतको काम कारबाही हामी सबैलाई थाहा छ । आजको भरे नै सम्पादन हुँदैन् । प्राथमिकतामा राखेर नागरिकता विवादहरु चाँडो समाधान हुन भनेर त्यसी मुद्दा व्यवस्थापनको प्रकृया अगाडि बढाएको हो,’उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि