१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम

काठमाडौं । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् ।  साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले शेयर कारोबा हुँदैन भने साउन २५ गते पनि गाईजात्राको अवसरमा सावर्जनिक विदा परेकाले कम्पनीले आज सम्मका लागि हकप्रद सुरक्षित गर्ने समय दिएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्न गत साउन ९ गते अनुमति प्राएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि