१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार स्वास्थ्य

स्वास्थ्य बीमामा सुधारको माग गर्दै सात बुँदे ज्ञापनपत्र बुझाइयो

हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा सेवामा देखिएको गम्भीर अव्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल सरकारअन्तर्गतको स्वास्थ्य बीमा बोर्डलाई सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष काजीमान तितुङको नेतृत्वमा बुझाइएको सो ज्ञापनपत्रमा स्वास्थ्य बीमा सेवामा व्याप्त समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्न माग गरिएको छ । स्

वास्थ्य बीमा ऐन, २०७४ को दफा ९(६) र नियमावली, २०७५ अनुसार बीमित सेवाग्राहीले पाउने सेवा हाल अव्यवस्थित भएकाले विशेषगरी मकवानपुर जिल्लाका नागरिकहरू समस्यामा परेको संघको आरोप छ ।

अध्यक्ष तितुङले स्वयं हेटौंडा अस्पतालमा उपचारको क्रममा लापरवाही, रिफर प्रक्रियाको जटिलता र समय व्यवस्थापनको अभावले आफैं पीडित बन्नुपरेको अनुभव सुनाएका छन् ।

संघले हेटौंडा अस्पताल र सामुदायिक हेटौंडा आँखा अस्पतालबीच समन्वयको अभावले आँखाजस्तो संवेदनशील उपचारमा समेत आम नागरिकलाई सास्ती भइरहेको भन्दै तत्काल समस्या समाधान गर्न चेतावनी दिएको छ ।

संघले समस्या समाधान नभए चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने र पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्रमा उल्लेख गरिएका सात प्रमुख मागहरू यसप्रकार छन् ः

हेटौंडा अस्पतालमा आँखाको सेवा विस्तार गरी नियमित सञ्चालन गर्नुपर्ने ।

सामुदायिक हेटौंडा आँखा अस्पताललाई स्वास्थ्य बीमाको पहिलो सेवाविन्दुका रूपमा कायम गर्नुपर्ने ।

हेटौंडा अस्पताल र सामुदायिक आँखा अस्पतालबीचको विवाद तत्काल अन्त्य गर्नुपर्ने ।

सामुदायिक आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा लागू गर्नुपर्ने ।

निजी अस्पतालहरूमा समेत रिफर खारेजको व्यवस्था लागू गर्नुपर्ने ।

रिफरको समय र टोकन वितरण प्रक्रिया व्यावहारिक र प्रभावकारी बनाउनुपर्ने ।

हालको तीन महिनाको सेवा अवधि परिमार्जन गर्नुपर्ने ।

संघले नागरिकको मौलिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी र सेवा–केन्द्रित बनाउन जोड दिएको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको