७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसदीय उपचुनावमा उम्मेदवार बन्ने सोच छैन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफु उम्मेदवार नहुने स्पष्ट पारेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने,‘अहिलेकै विद्यमान परिस्थितिमा एक  सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन् ।  त्यसोभएको हुनाले  रुपन्देहीमा हुन गइ रहेको संसदीय उपचुनावमा उम्मेदवार हुने  कुरामा मेरो कुनै रुची छैन ।’

आफु यतिखेर देशका लागि केहि गरौं भन्ने सोच भएका सबै साथीहरुलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनितीक रुपमा नबुझ्न र नहेर्न आह्वान गरेका छन् ।

सही मान्छे सही स्थानमा भएन भने त्यसले सकारात्मक परिणाम नआउने भएकाले ‘राइट म्यान इन राइट पेलेस’ भन्ने मुख्य उद्देश्य बोकेर आफुले उज्यालो नेपाल अभियान कार्यक्रम अघि बढाएको उनको भनाई छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि