७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा कानुन बनाउने बताउँदै कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्न आग्रह गरे ।

उनले भने,‘यसमा बाहिर जुन नागरिकमा चिन्ता र चर्चा व्यक्त भएका छन् । ती सबैलाई समितिले सम्बोधन गरेर कानुनलाई परिमार्जन गर्छ र आज हामीले यही निर्णय गरेका छौं । यसलाई हामी संसोधन गछौं । देश र जनताको हितमा बनाउँछौं । त्यसैले कानुनमा केही खराब कुराहरु आउँछन् भन्ने आशंका नगर्दा हुन्छ भन्ने मेरो आग्रह छ ।’

त्यस्तै उनले बैठकमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारण सम्बन्धी कानून सम्बन्धी पाँचवटा विधेयकमा संशोधन प्रस्ताव भएको पनि जानकारी दिए ।

यो बहुविवाह सम्बन्धित व्यवस्था,विवाहको उमेर सम्बन्धी व्यवस्था,अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानामा माफी तथा परिवर्तन सम्बन्धी व्यवस्थाहरुमा थप छलफल गरी यसलाई संसोधन र परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा उपसमिति गठन गरेको उनले बताए ।

उनको अनुसार त्यो उपसमितिले सम्बन्धी मन्त्रालयको पनि राय सुझाव लिएर अरु पनि आवश्यक छलफल गरेर विधेयकलाई हामीले संसोधन परिमार्जन गर्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि