१२ फाल्गुन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

माग्ने बुढा’ले गरे ज्ञान विराट महायज्ञमा पुगेर आर्थिक सहयोग

काठमाडौँ । लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाले पशुपतिमा आयोजित ऐतिहासिक श्री मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञमा पुगेर २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म माग्ने राजा प्रवर्धनका लागि पुगेका माग्ने बुढाले उक्त रकम सहयोग गरेका हुन् ।
महायज्ञमा माग्ने राजाको यूनिटका अन्य कलाकारहरु अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिना पनि पुगेका थिए । मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको हो ।
यसअघि गत शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि महायज्ञमा पुगेर ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । महायज्ञमा यसअघि पल शाह, रमेश उप्रेती, सरोज खनाल लगायतका कलाकारहरु पनि पुगेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि