६ माघ २०८२, मंगलवार
कर्णाली मुख्‍य समाचार समाचार समाज

बर्षाका कारण मुगुमा नौं घर भत्किए, पीडितको विचल्ली

मुगु । अबिरल बर्षाका कारण एक महिनायता मुगुको छायाँनाथ रारा नगरपालिका–१० का नौं घर भत्किँदा वाढी पीडितहरुको बिचल्ली भएको छ ।

साउन ११ गतेदेखि १४ गतेसम्म परेको अविरल वर्षातका कारण छायाँनाथ रारा नगरपालिका–१० चराप गाउँका चार घर पूर्ण र पाँच घर आंशिक रूपले क्षति हुँदा नौं घरपरिवार घरविहीन भइ छिमेकीहरूको घरमा बस्न बाध्य छन् ।

तीन दिनसम्म लगातार परेको वर्षातका कारण साउन १४ गते बेलुका ५ बजेतिर चार घर भत्किँदा सँगै जोडिएका अन्य पाँच घरमा आंशिक क्षति पुगेको स्थानीय देवी कृष्ण बुढाले जानकारी दिए ।

बुढाका अनुसार घर भत्किँदा मानवीय क्षति नभएपनि घरभित्र रहेका अन्न, भाँडाकुँडा, तलाकपडा, अन्नबाली, गरगहनालगायत अन्य उपभोग्य सामग्री सबै नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको जानकारी अनुसार चारवटा घर पूर्ण रूपले क्षति भएका र सँगै जोडिएका अन्य घरहरू आंशिक क्षति भएका छन् ।

बाढी र बर्षाका कारण आफूहरु आवासविहीन भएको स्थानीय सिर्जना बडुवालले बताइन् । ‘अहिलेसम्म स्थानीय सरकार वा अन्य कुनै निकायले राहत उपलब्ध नगराएको उनले बताइन ।

‘अहिले छिमेकीहरूको घरमा शरण लिनु परेको छ । खाने अन्न र भाँडाकुँडा सबै भत्किएका घरभित्र छन् । छिमेकीहरूले दिएको अन्नपानी खाने गरेका छौं । मुचुल्का गर्न प्रहरी मात्र पुगेको छ । घर भत्किएको हप्तादिन पुगिसक्यो सरकारी निकायबाट अहिलेसम्म राहत पाएका छैनौं,’ उनले भनिन् ।

छायाँनाथ रारा नगरपालिका–१३ थार्पका स्थाई घर भई  हाल स्पेनमा बस्दै आएका अक्कल बोहोराले पीडित घर परिवारलाई एक बोरा चामल त्रिपाल, अन्य दैनिक  उपभोग्य सामग्रीहरु तत्कालको लागि उपलब्ध गराएको बोहोराले बताएका छन ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले राहत उपलब्ध गराउन ढिलाइ भएको बताए ।

उनले स्थानीय तह राहत कार्यविधि २०८१ अनुसार पालिकाले तत्काल राहत उपलब्ध गराइ जिल्ला विपद् व्यवस्थापन समितिमा अनुमोदन गराउनुपर्ने प्रावधान अनुसार तत्काल राहत उपलब्ध गराउनका लागि पहल भइरहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि