१३ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल

काठमाडौँ, १९ साउनः चालु आर्थिक वर्ष २०८२र८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।

सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सात वटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताए ।

अर्थमन्त्री पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डाक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताए।

सो अवसरमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डिपीआर, जलन लगायत विषयमा छलफल भएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि