Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भोजन लिपी स्वादले सिंहदरबारमा कोदोका परिकार पस्किने

रातो कागज
4 घण्टा अघि

काठमाडौँ, १९ साउन : कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरिने भएको छ ।

नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजन लिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कार्यक्रम गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय कोदो दिवसको अवसरमा कोदोका परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए । सरकारले यस वर्षदेखि भदौ १६ लाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउन सुरु गरेको सन्दर्भमा कोदोका परिकारलाई प्रवर्द्धन गर्न लागिएको हो ।

वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले कोदोको उत्पादन प्रवर्द्धन र यसका परिकारको व्यवसायिकीकरण गर्ने प्रयोजनका निम्ति कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित भोजन लिपि स्वादको सय संस्करणसम्म पुया¥उने योजना छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया