२६ आश्विन २०८२, आईतवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेपाल एसबीआई बैंकलाई क्यापिटल फाइनान्स इन्टरनेशनल लन्डन र एसियन बैंकिङ एण्ड फाइनास सिंगापुरद्वारा सम्मान

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडलाई क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनद्वारा च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरिएको छ । यो प्रतिष्ठित पुरस्कारले डिजिटल एकीकरण र ग्राहक–केन्द्रित नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई मान्यता दिन्छ ।

त्यस्तै, बैंकिङ क्षेत्रमा उत्कृष्टता र नवीन सेवा प्रदान गरेको भन्दै २०२५ को लागि एसियन बैंकिङ एण्ड फाइनान्स सिंगापुरद्वारा पनि धेरै प्रतिष्ठित पुरस्कारहरू द्वारा एसबीआई बैंकलाई सम्मान गरिएको छ । बैंकलाई नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर, होलसेल बैंकिङ अवार्ड श्रेणी अन्तर्गत नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर र डिजिटल बिजनेस बैंकिङ इनिसिएटिभ अफ द इयर–नेपाल र रिटेल बैंकिङ अवार्ड श्रेणी अन्तर्गत एसएमई बैंक अफ द इयर–नेपालबाट सम्मान गरिएको छ ।

यी अन्तर्राष्ट्रिय प्रशंसाहरूले थोक र खुद्रा बैंकिङ दुवै क्षेत्रमा बैंकिङ उत्पादन र सेवाहरूमा उत्कृष्टता र नवीनताप्रति बैंकको अटल प्रतिबद्धतालाई जोड दिने एसबीआई बैंकले जनाएको छ ।

बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले १०१ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २० शाखारहित बैंकिङ, १२५ एटीएम र एउटा कर्पोरेट कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि