२६ आश्विन २०८२, आईतवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

दरमखोला हाईड्रोको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आम सर्वसाधारणका लागि साउन १५ देखि २९ लाख १९ हजार ५ सय कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीले गत जेठ २० गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०÷१० प्रतिशत शेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरुला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।   यसका साथै  लगानीकर्ताले मेरो शेयरयर बाट समेत आवेदन दिन सक्नेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि