Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दुईवटा संसदीय समितको बैठक बस्दै

नेपाल न्युज बैंक
5 घण्टा अघि

काठमाडौं । आज संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गिरिबन्धु टी स्टेट र घर वा आवास इकाइ (अपार्टमेण्ट) का प्रतिनिधिहरुसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत  विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिने कार्यसूची रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया