२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन् ।

भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज तुर्कमेनिस्तान जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुने बताएको छ ।

ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले सम्मेलनमा आमन्त्रित गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै उनले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ ।

प्रधानमन्त्री ओली अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

 

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको