१३ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार

पत्रकारिता समालोचनात्मक हुन आवश्यक छः मुख्यमन्त्री कार्की

भद्रपुर झापा, १६ साउनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रेसजगत्ले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न सक्नेगरी निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए छ ।

प्रेस क्लब भद्रपुरको कार्यालय उद्घाटन गर्दै आज उहाँले पत्रकारिता पेसा नीतिगत रूपमा सरकारका राम्रा कामको प्रचार–प्रसार र गलत क्रियाकलापको समालोचना गर्न सक्षम हुनुपर्ने बताए।

पत्रकारिता केवल समाचार सङ्कलन मात्र नभई समाज रूपान्तरणको माध्यम हो”, मुख्यमन्त्री कार्कीले भने, “इतिहासले प्रमाणित गरिसकेको छ कि पत्रकारिताबाट सामाजिक र राजनीतिक परिवर्तन सम्भव छ । त्यसैले आजको पत्रकारिताले पनि जनताको आवाज बुलन्द बनाउने दायित्व बहन गर्नुपर्छ ।

कार्यक्रममा विगत लामो समयदेखि पत्रकारितामा योगदान पु¥याउँदै आएका अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्री र नकुल काजीलाई दीर्घकालीन सेवा सम्मान गरेको थियो । साथै प्रेस क्लबलाई आर्थिक तथा अन्य सहयोग गर्ने व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको