२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

‘केसीसी एक्जिबेट २०२५’सुरु, मन्त्री गुरुङले गरे उद्घाटन

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी)को ‘केसीसी एक्जिबेट २०२५’सुरु भएको छ ।
शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले एक्जिबेटको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा मन्त्री गुरुङ्ले आइटी क्षेत्रमा जनशक्ति उत्पादनगरी वृद्धि गर्न आवश्यक रहेको बताए । आइटी क्षेत्रमा विश्वका धेरै मूलुकहरु अघि बढिसक्दा पनि नेपाल पछाडि परेको बताउँदै आइटी क्षेत्रमा जनशक्ति व्यस्थापनको कुरा बढि महत्वपूर्ण रहेको धारणा राखे ।
उनले भने,‘आइटी क्षेत्रमा जनशक्ति उत्पादनगरी वृद्धि गर्न आवश्यक छ । यसमा विश्वका धेरै मूलुकहरु अघि बढिसकेका छन् । हाम्रोमा धेरै ढिला भइसक्यो । त्यसैले आइटी क्षेत्रमा जनशक्ति व्यस्थापनको कुरा अलि बढि महत्वपूर्ण छ ।’
उनले आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुपर्ने धारणा राखे । जसले समय र खर्च दुबैको बचत मात्र नभएर भ्रष्टाचार नियन्त्रण समेत गर्न सकिने उनको भनाई छ ।
उनले भने,‘आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुपर्छ । यसले धेरै कुरामा फाइदा पुग्छ । सरकारी काममा पनि प्रयोग गर्नुपर्छ । त्यो हुन्दा जनताले सेवापनि चाँडो पाउँछन् । एक महिना लाग्ने कुरा एक दिनमा हुन्छ । एक घण्टा लाग्ने कुरा दश मिनेटमा सकिन्छ । भ्रष्टाचारपनि नियन्त्रण हुँदै जान्छ त्यसले गर्दा । भ्रष्टाचार नियन्त्रणको लागि पनि अब एआइको प्रयोग गर्नुपर्ने छ ।’
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी–नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शित गरिने छन् ।
दुईदिने यस प्रदर्शनीमा करिब १० हजार भन्दा बढी दर्शकहरूको सहभागिता अपेक्षा गरिएको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारण रहनेछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि