२ चैत्र २०८२, सोमबार
राजनीति समाचार

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाललीले खुसीका साथ हरेक साउन १५ मा खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

बिहीबार नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले हरेक नेपालीले खुसीका साथ खीर खाने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले यस वर्ष तराई मधेसमा सुख्खा लागेकोले राम्रो खेती हुन नसकेको अवस्थामा सिचाइको उचित प्रबन्ध गर्न सरकार लागिपरेको बताए ।

उनले सुनकोसी मरिन डाइभर्सन, रानी जमरा कुलरिया, तमोरलगायत आयोजना छिटो सक्न पनि निर्देशन दिएको बताए । प्रधानमन्त्री ओलीले सबै नेपालीले हरेक साउन १५ मा खुसीका साथ खीर खाने वातावरण निर्माणमा लाग्न आग्रह गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि