१३ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार

‘मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पुर्याउँछ’

पाटन ललितपुर, १५ साउनः मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु(याउने बताएका छन् ।

सोह्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाको प्रतिवेदन तथा दस्तावेजहरु सहितको जिम्मेवारी १७औँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजक समितिलाई हस्तान्तरण गर्न आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेकाले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।

मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै छन्, छाउपडी प्रथाको अन्त्यका लागि मनस्थितिमा परिवर्तन गर्न लाग्नुपर्ने जरुरी छ, बालविवाह हटाउन ध्यान दिनुपर्नेछ, ज्येष्ठ नागरिकका समस्याका विषयमा पनि ध्यान दिनुपर्ने छ, जलवायु न्यायका कुरा आइरहेको छ, उनले भने ।

आयोगका सदस्य मिहिर ठाकुरले विश्वको तुलनामा नेपाल मानव अधिकारको क्षेत्रमा सैद्धान्तिक रुपमा अगाडि रहे पनि व्यावहारिक रुपमा प्रयोग र कार्यान्वयन गर्ने सन्दर्भमा अझै पछाडि रहेकाले एकताबद्ध भएर काम गर्न आवश्यक रहेकामा जोड दिए ।

आयोगका सदस्य लिली थापाले १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको नेतृत्व गर्ने अवसर महिलाले पाएकामा गर्व गर्दै मानव अधिकार आयोगको संरचनाभित्रै मानव अधिकार महाभेलाको कार्य तथा योजनाहरुलाई समावेश गराउन मानव अधिकारसँग सम्बद्ध सङ्घ संस्थाहरुलाई आग्रह गरे ।

सचिव मुरारी खरेलले १६औँ मानव अधिकार राष्ट्रिय महाभेलासम्मका विषयवस्तुहरुलाई साराँशमा उतारेर आयोगलाई सुझावका लागि प्रस्तुत गर्न आग्रह गरे ।

मानव अधिकार राष्ट्रिय महाभेलाका संस्थापक चरण प्रसाईंले मानव अधिकार राष्ट्रिय महाभेला संस्थागत हुँदै गएकाले मानव अधिकारका क्षेत्रमा आवाज उठाउनेहरु १० डिसेम्बरका अवसरमा एकताबद्ध भएर अधिकारका पक्षमा आवाज उठाउने बृहत् मञ्च सृजना भएको धारणा राखे ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको