७ पुष २०८२, सोमबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले गत असार ३१ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  कम्पनीले कुल ४ लाख ३७  हजार २१९ कित्ता आईपीओ जारी गरेको छ । जसमध्ये प्रत्यक्ष प्रभवित क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र आयोजनाको अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ५७ हजार २९ कित्ता आईपीओ जारी गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गते सम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते सम्म आवेदन दिन सक्नेछन् । प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन भने वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल रहेको छ । धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो शेयरबाट आवेदन दिन सकिनेछ् । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि