२६ आश्विन २०८२, आईतवार
बागमती मुख्‍य समाचार समाचार

ल्हेन्दे खोलामा फेरि पनि बाढी : तल्लो तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

काठमाडौं । चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरिपनि बाढी आएको छ । बुधबार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटिय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका नदि किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुब प्रसाद अधिकारीले बाढीका कारण रसुवागढी–स्याफ्रुबेंसी सम्मको बाटो विभिन्न स्थानमा क्षती भएको जानकारी दिए । उनका अनुसार रसुवाको गासाइँकुण्ड गाउँपालिकाको स्याँफ्रुबेंसी वडा नं ५ र उत्तरगया गाउँपालिकाका केहि क्षेत्रहरु उच्च जोखिममा रहेकोले ती क्षेत्रहरुलाई हाइ अर्लटमा राखिएको छ । त्यसबाहेक तल्लो तटिय क्षेत्रमा पर्ने सबै स्थानहरुमा पनि सर्तकता अपनाउन भनिएको छ ।

बाढीले हाल सम्म मानविय क्षति गरेको कुनै खबर नभएको उनले बताए ।

रसुवागढी–स्याँफ्रुबेंसी सम्मको सड्क यस अघि असार २४ गतेको बाढीले बगाएर क्षति भएपनि विभिन्न स्थानमा मर्मत सम्भार भएको र अहिले फेरी बाटो भत्कीएको छ । यस अघिको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको थियो । साहि स्थानमा अस्थायी रुपमा निर्माण गर्न लागिएको बेली ब्रिज निर्माणको काम समेत आजको बाढीले अबरुद्ध गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि