७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै

काठमाडौं, १३ साउनः नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु अधिवेशनबाट नै पारित गर्नेगरी काम भइरहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले बताएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का संशोधन कर्ताहरु सँगको छलफलपछि समितिका सभापति यादवले सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भइसकेकाले चालु अधिवेशनबाट नै उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितको उपस्थितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरू माधव सापकोटा, शिशिर खनाल, निशा डाँगी, मनिष झा, राजेन्द्र बजगाईंले आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको