२७ आश्विन २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

विश्व बाघ दिवस मनाइँदै

काठामाडौं । मंगलबार(आज) विश्व बाघ दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने प्रचलन छ ।

‘सहअस्तित्व र आयाआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने नाराका साथ माघ दिवस मनाउन लागिएको हो । यस अवसरमा नेपालका विभिन्न निकुन्ज एवम पर्सा, चितवन, बर्दिया, बाँकेलगायतका स्थानमा विविध कार्यक्रमहरुको तय गरिएको छ ।

विशेषत बाघ विश्वभर १४ वटा देशमा मात्रै पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

नेपालले वि सं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

तर अहिले २०२५ सम्म आँउदा बाघको संख्या वृद्धि भइ ३ सय ५५ पुगेको छ । यसका लागि स्थानीय सरकारदेखि सरोकारवाला निकायहरुको पनि निकै पहल गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि