२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

१२ मंसिर, काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

१० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका अपूर्व क्षितिजले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए ।

थुनछेक बहसपछि उनलाई जिल्ला अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि