१ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार

एक सय ६५ युवा सांसदले लिए शपथ

काठमाडौँ, ९ साउनः देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराएका हुन ।

त्यस अवसरमा प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा पूर्वाधार, कृषि लगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएकामा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले कुर्सीका लागि नभई राष्ट्र निर्माणका लागि सम्झौता गर्नुपर्नेमा जोड दिए । सांसदहरू देश बनाउनका लागि क्रियाशील रहनुपर्ने उनको भनाइ थियो ।

क्याप्टेन विजय लामाले कुनै पनि पद वा बर्दी नक्कली हुन नसक्ने उल्लेख गदै पद र बर्दी ओगट्ने व्यक्तिहरू नक्कली हुँदा देश र जनताले दुःख पाएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित युवा सांसदहरूलाई ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल, सांसद छनोट प्रक्रियाका निर्णायक बुद्धिसागर मरासिनी र सञ्चारकर्मी राजन कुइँकेलले प्रमाणपत्र तथा ब्याच वितरण गरेका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा पूर्वराजदूत महेशराज दाहाल र अधिवक्ता रामहरि नेपालले नवनिर्वाचित युवा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया र संसदीय अभ्यासबारे प्रशिक्षण दिए ।

त्यस अवसरमा नागरिक समूहका अध्यक्ष निगम हुमागाई, नेपाल–चीन मामलाका जानकार दिनेश खनाल, समाजसेवी विष्णुहरि दाहाल, युवा अभियन्ता विजय कँडेल लगायतको उपस्थिति थियो ।

युवा सांसद छनोटका लागि देशभरका १६५ निर्वाचन क्षेत्रका लागि अनलाइन मार्फत खुला आवेदन आह्वान गरिएको थियो । जसमध्ये प्राप्त सात हजार भन्दा बढी आवेदनबाट उनीहरूको अध्ययन, समाजप्रतिको योगदान तथा कामको अनुभवका आधारमा प्रत्येक निर्वाचन क्षेत्रका लागि अन्तिम तीन उम्मेदवार चयन गरेको थियो । तीमध्ये एकजना असार १५ गते भएको अनलाइन भोटिङबाट निर्वाचित भएका हुन् ।

सांसद छनोट समितिमा पूर्वराजदूत महेशराज दाहाल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, पत्रकार बुद्धिसागर मरासिनी, अधिवक्ता रमण कर्ण, समाजसेवी विन्दु परियार थापा, अर्थविद् नवराज अर्याल र ग्लोबल युथ पार्लियामेन्टका उपाध्यक्ष कैलाश श्रेष्ठ थिए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको