६ माघ २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

लगातार कामको चापले आफू थकित छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जामा लेख्दै  उनले थकित भएकाले हिजो (बिहीबार) बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको जानकारी दिएका हुन् ।

‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ ।’

प्रधानमन्त्री ओलीले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरि प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोलामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रमसमेत छ ।

प्रधानमन्त्रीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्नेसमेत कार्यक्रम तय भएको जनाएका छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको