१५ फाल्गुन २०८२, शुक्रबार
मधेश मुख्‍य समाचार समाज

सिरहाको बेतौनावासीको गुनासो ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

सिरहा, ६ साउनः गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुईपटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको स्वाद चाख्न पाएका छैनन् ।

 

एक सयभन्दा बढी घरपरिवार रहेका यो बस्तीमा न बाटो मर्मत भएको छ, न खानेपानी, न त अन्य कुनै पूर्वाधार निर्माण नै । वरपरका गाउँमा सडक ढलान, मन्दिर, पाहुनाघर, विद्युतीकरण जस्ता सम्पन्न भइसके पनि पालटोलमा भने अहिलेसम्म विकासका नाममा एक चपेटा माटोसमेत हालिएको छैन ।

 

विकासका नाममा राज्यका विभिन्न सरकारी निकाय तथा जनप्रतिनिधिबाट सधँै उपेक्षा गरिएको भन्दै स्थानीय पूर्वशिक्षक शम्भु राउत भन्छन् , “हामी विपक्षी ठहरिएका छौँ, त्यसैले जनप्रतिनिधिले नजरअन्दाज गरे । पटकपटक वडाबाट पालिकासम्म गुहार गर्दा पनि हाम्रो आवाज सुन्ने कोही छैन ।

 

बस्तीका ७८ वर्षीय सुकदेव राउतको गुनासो उस्तै छ । उनी भन्छन् , “अब त पानी पनि अरू कहाँ बाट ल्याएर पिउनु परेको छ । अन्य स्थानीयहरूले पनि बस्तीलाई दलगत राजनीतिले विभाजित गरेर विकासबाट टाढा राखिएको आरोप लगाएका छन् ।

 

यसबारेमा वडाध्यक्ष गणेशकुमार मुखिया भन्छन्, “बजेट अभावका कारण काम ढिलो भएको हो । हामीले पाल टोललाई बेवास्ता गरेका होइनौँ । सडक ढलानको काम एकैपटक मिलाएर प्रभावकारी बनाउने सोच छ, त्यसैले केही समय लागिरहेको हो । विकास गर्न हामी पनि इच्छुक छौँ, तर स्रोत साधनले सीमित बनाएको छ ।

 

नगर प्रमुख श्यामकुमार श्रेष्ठले पालटोलको अवस्थाबारे जानकारी रहेको भन्नुहुँदै नगरपालिकाले सम्भव भएसम्म छिट्टै पूर्वाधार विकास गर्ने योजना बनाइरहेको बताए । “हामीलाई पालटोलका समस्या थाहा छ, बजेट र प्राथमिकताको आधारमा पालिकाभित्रका सबै वडामा विकासको सन्तुलन मिलाउने कोसिस गर्दैछौँ, उनले भने, “यसपालिको नीति तथा कार्यक्रममा पनि पालटोललाई समेट्ने प्रयास गरिएको छ ।

 

तर १० वर्षसम्मको प्रतीक्षा, गुहारी, माग र आश्वासनबीच पनि काम नहुनु अब पालटोलवासीका लागि पीडाभन्दा पनि चिन्ताको विषय बन्न थालेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व