८ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार सूचना प्रविधि

चीनमा निर्मित घाँस काट्ने स्मार्ट यन्त्र विश्वमा लोकप्रिय

एजेन्सी । चीनले फरक फरक क्षमता भएका स्मार्ट रोबोटहरुको विकासलाई तिब्रता दिएको छ । हाल घाँस काट्ने स्मार्ट रोबोटले विश्व बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको छ ।

 

घाँस काट्ने चिनियाँ स्मार्ट रोबोटहरूले प्रतिस्पर्धामा सफलता हासिल गर्दै गएको निर्माण कम्पनीहरुको दाबी छ । चीनमा निर्मित यस्ता रोबोटिक लन मुवरहरूले विश्वव्यापी मञ्चमा आफ्नो स्थान बनाइरहेका छन् ।

 

बेइजिङस्थित एक घास काट्ने यन्त्र निर्माता कम्पनीले आफ्नो उत्पादन प्रदर्शन गर्दै फोन वा रिमोर्ट कन्ट्रोलबाटै यस्ता यन्त्रहरुको प्रयोग गर्न सकिने जनाएको छ ।

 

एआईबाट संचालित असिस्ट म्यापिङ सुविधासहितको त्यस्ता मेसिनले म्यापिङ प्रक्रियाको क्रममा ल्यानको किनारहरू पहिचान गर्ने गर्दछ ।

 

यस्ता रोबोटहरु प्रयोग गर्दा ग्राहकहरूले एपमा अक्षर टाइप गर्न वा डिजाइन चयन गर्न सक्छन्, र घास काट्ने यन्त्रले सोही अनुसार आकार निर्माण गरेर घाँस काट्नेछन् ।

 

यस वर्षको पहिलो त्रैमासिकमा चीनको स्मार्ट रोबोट घास काट्ने यन्त्रहरूको निर्यात मूल्य एक अर्ब अमेरिकी डलर नाघेको छ । जुन अघिल्लो वर्षको तुलनामा लगभग ६० प्रतिशतले वृद्धि हो ।(सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ। अपराध अनुसन्धान
सूचना प्रविधि

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर

३१ जेठ, काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ। महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक