२० फाल्गुन २०८२, बुधबार
अर्थ समाचार समाज

अमेरिकी डलरको मूल्‍य हालसम्मकै उच्च

१० मंसिर, काठमाडौं ।आइतबार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।

आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ।

यो मूल्य हाल सम्मकै उच्च हो। यसअघि गत मंसिर ६ गते डलरको भाउ १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ २५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९१ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ १५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९० पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६७ पैसा तोकिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि