१ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

शेखर कोइराला संसदीय दलको नेता बन्न सक्दैनन् : राजन केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजन केसीले कांग्रेस–एमालेको वर्तमान सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले शेखर कोइराला पार्टीको संसदीय दलको नेता बन्न नसक्ने पनि ठोकुवा गरे ।

उनले भने,‘हाम्रो दलको विद्यानले प्रधानमन्त्री हुनको लागि संसदीय दलको नेता हुनुपर्छ भनेको छ । पार्टीमा त जो पनि दलको नेतामा आउन सक्छ । दलको नेता बन्न अहिले उहाँ (शेखर) को सम्भावना देख्दिनँ । संख्या छ भने प्रयोग गर्नुपर्छ ।’

शनिबार पार्टीभित्रको विवाद र बहस स्वभाविक भएको भन्दै यही विवादको कारण पार्टी विभाजन नहुने दाबी गरे । उनले भने,‘यो पार्टी विभाजन भन्ने कुरा बाहिरी हल्ला हो । हामीले विभाजन देखिसक्यौं । जहाँसम्म विचारको कुरा छ, छलफल हुन्छ । सरकार परिवर्तन हुँदैन । गठबन्धन परिवर्तन हुँदैन ।’ उनले नेपालमा कांग्रेस र एमालेजस्ता दुई ठूला दल मिलेर सरकार बनाईएको भन्दै यो संसारमै भएको विरलै प्रयोग भएको बताए ।

उनले पार्टीभित्र भएको अनुशासनको कारबाही पनि अहिले अन्तिम नभएकोले यसमा चित्त नबुझे पूनरावलोकनमा जान सकिने सुझाए ।

उनले मुलुकले लामो लोकतान्त्रिक यात्रा तय गरिसकेको भएपनि अहिलेसम्म विकासको मोडालिटी बनाउन नसक्नु दुःखद् भएको चित्रण गरे । अहिलेको सरकार बनाउँदा आफूहरुले संविधान संशोधन गर्ने भनेको उल्लेख गर्दै अब पहलो प्राथमिकतामा समृद्धिलाई राखेर अघि बढ्नुपर्ने बेला आएको उनको भनाई छ ।

 

 

 

 

 

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि