८ पुष २०८२, मंगलवार
मुख्‍य समाचार समाचार सूचना प्रविधि

‘सूचना माग र पुनरावेदन’ गर्ने प्रणाली सञ्चालनमा

काठमाडौँ, १ साउनः राष्ट्रिय सूचना आयोगले नागरिकको सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा सहजीकरण गर्न आजदेखि ‘आरटिआई म्यानेजमेन्ट सिस्टम’ सञ्चालनमा ल्याएको छ । आयोगमा आज आयोजित कार्यक्रममा प्रमुख सूचना आयुक्त डा सुरेशप्रसाद आचार्यले सो प्रणालीको प्रारम्भिक चरणको शुभारम्भ गरे ।

पहिलो चरणमा सङ्घीय मन्त्रालय, संवैधानिक तथा केन्द्रीय आयोग, विभाग वा विभागस्तर कार्यालयसमेतका सूचनालाई सो अनलाइन प्रणालीबाटै माग गर्न सकिने व्यवस्था गरिएको छ । माग गरेको सूचना उपलब्ध नगराएमा पुनरावेदनसमेत गर्न सकिने व्यवस्था सो प्रणालीमा राखिएको छ ।

उक्त प्रणालीलाई तीनै तहका सरकार, सार्वजनिक निकाय र देशव्यापीरुपमा क्रमशः लागू गर्ने योजना रहेको प्रमुख आयुक्त आचार्यले जानकारी दिए । अब सूचना माग कर्ताले सम्बन्धित निकायमा इमेल गरिराख्नुपर्दैन”, उनले भने, “यही प्रणाली मार्फत सार्वजनिक निकायबाट सूचना माग गर्न सकिनेछ ।

सो प्रणालीको कार्यान्वयनबाट सूचना माग र प्राप्तिमा सहजीकरण हुनेछ । सूचना माग गर्ने र नपाएमा पुनरावेदनका लागि अपिल गर्न सकिने छ । आयोगले सो प्रणालीबाट सूचना माग गर्ने, सूचना उपलब्ध नगराएमा पुनरावेदन गर्नेलगायत विषयमा सूचनाका हकका अभियान्ताहरुलाई जानकारी समेत गराइसकेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा कुल एक हजार ५३ वटा मुद्दा दर्ता भएकामा आयोगबाट जवाफ दिन नपर्नाको कारण भए जवाफ पेस गर्न ९५८ वटा आदेश भएको सूचना आयुक्त एवं प्रवक्ता गगन विष्टले जानकारी र्दिए । पुनरावदेकलाई सात दिनभित्र जवाफ दिन ४५३ वटा आदेश भएको र ७०९ वटा मुद्दा फछर्योट गरिएको आयोगले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि