२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

मानवअधिकार आयोगको अपील : घृणायुक्त अभिव्यक्ति बन्द गर

८ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरु रोक्न आग्रह गरेको छ ।

बिहीबार काठमाडौंमा भएको प्रर्दशनहरुमा एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले बताएको छ । आयोगले शुक्रबार वक्तव्य जारी गर्दै भनेको छ, ‘यस प्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मुल्य मान्यता विपरित भएको आयोगको ठहर छ ।’

आयोगले आफ्ना विमतिहरु राख्दा र विरोधका कार्यक्रमहरु गर्दा संविधान र कानुनको परिधिभित्र रहन र कसैप्रति लक्षित घृष्णायुक्त अभिव्यक्ति नदिन, सामाजिक सजालशहरुमा नराख्न समते आग्रह गरेको छ । साथै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत सरकारलाई आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि