७ पुष २०८२, सोमबार
मुख्‍य समाचार विशेष समाचार

अत्यावश्यक ऐन कानुन बनाउदा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढीलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारहरूसंगको भेटमा उनले संसदमा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताए ।

उनले भने, ‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’ उनले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्दती नै उत्तम व्यवस्था भएको बताए ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको  सूचना सम्प्रेषण गर्ने तथा खवरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताए ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको