२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

आगलागीका घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको माग गर्दै उर्लाबारीमा सडक अवरुद्ध

७ मंसिर, विराटनगर । उर्लाबारीमा भएको आगलागीमा घाइते भएकाहरुको उचित उपचार र मृतकलाई क्षतिपूर्ति माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

उर्लाबारीको मावा खोलाको पुलमा आधा घण्टा प्रदर्शन गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । कात्तिक २६ गते उर्लाबारी नगरपालिका–७ को स्नेहा सुनचाँदी पसलमा आगलागी हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

स्थानीयले गम्भीर घाइतेलाई उपचारका लागि भारत लैजान आग्रह गरिरहेका छन् । बिहीबार दिउँसो मावा पुल अवरुद्ध गरेका स्थानीयले घाइतेहरुको गम्भीतालाई हेर्दै भारतको अस्पतालमा थप उचार गर्न लैजान माग गरे ।

उनीहरुले इलाका प्रशासन कार्यालय उर्लाबारीमा थप उपचारको व्यवस्था गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र पनि बुझाएका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी निभाउने क्रममा सिलिण्डर विष्फोट हुँदा प्रहरी र स्थानीय बासिन्दा घाइते भएका थिए ।

काठमाडौंको कीर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा बुधबार राति साढे १० बजेतिर उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहाल र बिहीबार बिहान साढे ६ बजेतिर उर्लाबारी–७ कै ४२ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । मंगलबार स्थानीय ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको सुनचाँदी पसलमा कात्तिक २६ गते राति आगलागी भएको थियो । आगलागीका घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर वर्न अस्पताल लगिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि