२८ आश्विन २०८२, मंगलवार
कर्णाली मुख्‍य समाचार समाचार

करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम), ३० असार । रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान विद्युत् लाइन जडान गर्ने क्रममा आठविसकोट नगरपालिका–११ चौरका १९ वर्षीय शिशिर चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

 

जाजरकोटको नलगाड नगरपालिका–४ घ्वारामा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर चन्दको मृत्यु भएको वडा आठविसकोट ११ का वडाध्यक्ष प्रेमबहादुर पुनले जानकारी दिए ।

 

उनका अनुसार चन्दको शव पोष्टमार्टनको लागि नलगाड नगर अस्पतालमा राखिएको छ । मृतकका आफन्त, वडा अध्यक्षलगायतको टोली घटनाको विषयमा इलाका प्रहरी कार्यालय नलगाडमा छलफल गरिरहेको बताएको छ । छलफल पश्चात पीडित पक्षबीच सहमति भएपछि शवको परीक्षण गरिने वडाध्यक्ष पुनले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि