Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

नेपाल न्युज बैंक
5 घण्टा अघि

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । विद्यालयमा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्ति परादर्शी र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेका हुन् ।

 

विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग नेविसघंको माग रहेको छ । सोमबार विहानदेखि उपत्यका भित्रका क्याम्पसहरु अगाडि भएको प्रदर्शनले यातायात प्रभावित भएको छ ।

 

विद्यार्थीहरुले बानेश्वर क्याम्पस, नेपाल कमर्श क्याम्पस,कोटेश्वर क्याम्पस, पुल्चोक क्याम्पसलगायतका क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक मान्य नहुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग समेत राखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया