२८ आश्विन २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

अमेरिकी कर नीतिका कारण नयाँ तरंग

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ । युरोपेली मुलुकहरुले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन् ।

 

अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानाडाले चेतावनी दिएको छ । उद्योग मन्त्री मेलानी जोलीले क्यानाडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको सुनाइन् ।

 

युरोपेली समृद्धि तथा औद्योगिक रणनीति आयोगका कार्यकारी उपाध्यक्ष स्टेफेन सेजोर्नसँगको संयुक्त कार्यक्रममा जोलीले क्यानडाले आर्थिक कूटनीतिलाई प्रवद्र्धन गर्ने, अमेरिकामाथि दबाब बढाउने छ । त्यस्तै देशमा रोजगारीको सुरक्षा र सिर्जना गर्ने कुरा उल्लेख गरिएको छ ।

 

ट्रम्पले बिहीबार ३५ प्रतिशतको भन्सार शुल्कको घोषणा गरेका थिए । त्यस्तै युरोपेली संघ र मेक्सिकोमा ३० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर मेक्सिकनहरूले पनि अमेरिकाले घोषणा गरेको करको आलोचना गर्दै त्यसलाई गलत र निष्फल हुने प्रतिक्रिया दिएका छन् ।

 

ट्रम्पले गत हप्ता क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत अन्य व्यापारिक साझेदारहरूलाई पत्र पठाउँदै २० प्रतिशतदेखि ५० प्रतिशतसम्मको ट्यारिफ दरहरू घोषणा गरेका थिए ।(सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि