२० फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

आज हरिबोधनी एकादशी, विष्णु मन्दिरहरुमा घुइँचो

७ मंसिर, काठमाडौं । आज हरिबोधनी एकादशी पर्व मनाइँदै छ । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल प्रसादको रुपमा खाने गरिन्छ ।

हरिबोधनी एकादशीको दिन काठमाडौं उपत्यकाका चार नारायण -चाँगुनारायण, इचंगु नारायण, विशंखुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । काठमाडौंका पशुपतिनाथ र बुढानीलकण्ठ मन्दिरमा पनि आज भक्तजनको घुइँचो छ ।

उपत्यका बाहिर देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लागेको छ । हरिबोधनी एकादशीको अवसरमा गुल्मीका रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि