८ माघ २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

वालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज (शुक्रबार) राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ, काठमाडौंका अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरी उपाध्यक्ष रोहन देशार, त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौं सहसचिव प्रस्ताव केसी रहेका छन् ।

 

नेविसंघले विद्यालय भर्नामा दोहोरो भर्ना बन्द गर्न, छात्रवृत्तिको परादर्शी ब्यवस्था र न्यायोचित बितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति, विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने र विश्वविद्यालयमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेसमेतका माग राखेर प्रदर्शन गरेको नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले बताए ।

 

नेविसंघले पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्ताको तत्काल रिहाइको माग गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि