२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ । शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो ।

 

मेयर साहले २९ गते बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र नगरसभा अधिवेशन दिउँसो २ बजे बोलाउने घोषणा गरे । बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको उनले बताए ।

 

उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहान्छु ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि