१३ फाल्गुन २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार सूचना प्रविधि

कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध रोक्न प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोक्न निर्देशन दिएका छन्।
प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख नबीन्द अर्याललाई उक्त निर्देशन दिएका हुन् ।

 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका कलाकारले लोकदोहोरी क्षेत्रमा फैलिएको बिकृति रोक्न पहल गरिदिन भन्दै गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गर्न गृहमन्त्रालय पुगेको अवसरमा बोल्दै लेखकले सामाजिक संजालमा हुने विकृति रोक्न निष्कर्षसहित अघि बढ्ने बताए।

 

सो अवसरमा बोल्दै प्रतिष्ठानकी अध्यक्ष ऋता थापा मगरले बिकृति प्रतिष्ठानले चाहेर मात्रै रोक्न सम्भव नभएको भन्दै राज्य स्तरबाट नै पहल गरिदिन आग्रह गरेकी थिइन् । त्य स्तै प्रतिष्ठानका पूर्वअध्यक्ष तथा लोक दोहोरी गायक बद्री पंगेनीले आँफु पटक पटक मन्त्रीहरुको निर्देशन सुनेर फर्किएको भएता पनि गृहमन्त्री लेखककै पालामा समस्या समाधान हुनेमा जोड दिए ।

 

उनले भने,‘गृहमन्त्री ज्यूले तत्कालै प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोकेर काम अघि बढाउन तदारुकता देखाउनु भएको छ, यसरी नै काम अघि बढेमा बिकृतिमा रोकिने छ।’ त्यस्तै साइबर ब्युरो प्रमुख नबीन्द अर्यालले प्रतिष्ठानलाई जाहेर दिए लगत्तै कानुनी प्रकिृया अघि बढ्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि