२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

रसुवा बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द, ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकियो

काठमाडौं । मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य रोकिएको छ ।

 

स्वतन्त्र उर्जा उत्पादकहरुको समुह नेपाल इप्पानले बिहीबार विज्ञप्ती जारी गर्दै जलविद्युत आयोजनाहरुमा भएको क्षति बारे जानकारी दिएको हो । इप्पानका अनुसार रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत आयोजनामा बाढीले क्षति पु¥याएको छ ।

 

जसका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत, ६० मेगावाटको त्रिशूली ३ ए जलवद्यिुत, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र ५ मेगावाटको मैलुङ खोला जलविद्युतको उत्पादन बन्द भएको छ । जसमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत केन्द्रको विद्युत प्रवाह हुने त्रिशूली ३ बी हब सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो ।

 

देवीघाट, त्रिशूली र त्रिशूली ३ ए बाहेक अन्य सबै जलविद्युत आयोजना निजी क्षेत्रसमेतको सहभागीतामा निर्माण भएका आयोजना हुन् भने निर्माणाधीन अवस्थाका सबै आयोजना निजी क्षेत्रको अगुवाइमा निर्माण भइरहेका जलविद्युत आयोजना हुन् ।

 

त्यस्तै निर्माणाधीन आयोजनाहरुमा २१६ मेगावाटको माथिल्लो त्रिशूली १ हजार १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली ३ बी जलविद्युत आयोजनामा पनि बाढीले क्षति पु¥याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ । त्रिशूली नदी करिडोरको विद्युत प्रसारण गर्ने त्रिशूली ३ बी हब सवस्टेशन र प्रसारणलाइनमा समेत क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत आगामी केही दिनसमम उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौं रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने देखिन्छ ।

 

बाढीले नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउँदै टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमासमेत ठूलो क्षति पु¥याई ७ जनाको ज्यान जानुका साथै १९ जना नागरिक बेपत्ता भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि