News and Updates
14 घण्टा अघि

काठमाडौं । बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्लीमा ४.४ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।
स्थानिय समय अनुसार विहान ५ बजेर ३६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको भारतीय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।
भुकम्पका कारण राजधानी दिल्ली सहित नोएडा, गुरुग्राम र आसपासका क्षेत्रका बासिन्दाहरूलाई त्रसित भएका छन् । भुकम्प गएको समय छोटो भएपनि यस क्षेत्रका अधिकांश मानिसहरू घरबाट बाहिर निस्कन बाध्य भएको बताइएको छ ।
यद्यपी, हाल सम्म कुनै पनि मानविय हताहत वा क्षति भएको खबरहरु भने आएका छैनन् । तर त्यहाँको स्थानिय सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया